काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत क्वेटा ग्लाडियटर्सविरुद्ध मध्यम प्रदर्शन गरेको छ ।
लाहोर क्वालेण्डर्सबाट पीएसएल खेलिरहेका सन्दीपले जारी ग्लाडियटर्सविरुद्ध ४ ओभर बलिङ गर्दै २० रन खर्चिएर १ विकेट लिए । सन्दीपले हसन अलीलाई ४० रनमा आउट गरेका थिए ।
यसअघि डेब्यु खेलमा सन्दीपले तीन विकेट लिएका थिए । मुल्तान सुल्तानविरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै ४६ रन दिएर ३ विकेट लिएका थिए ।
सन्दीपको डेब्यु खेलमा क्वालेण्डर्सले ६ विकेटको जित निकालेको थियो ।