एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक स्यान्टियागो सोलारीले क्लबले अन्तिम समयसम्म लिग उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् । शीर्ष स्थानको बार्सिलोना भन्दा ९ अंकले पछाडी रहेको सोलारीले क्लबले सिजनको अन्तिमसम्म ला लिगाको उपाधिकालागि लड्ने बताएका हुन् ।
बार्सिलोनासंग एक पछि अर्को खेलमा प्रतिस्पर्धा गरेको रियलले आगामी आईतबार अवे खेलमा लेभान्टेसंग प्रतिस्पर्धा गर्दैछ । शीर्ष स्थानको बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडसंग ७ अंकको अग्रता लिएको छ ।
बार्सिलोना लिग उपाधि रक्षाको अभियानमा बलियो अवस्थामा छ । अघिल्लो साता घरेलु मैदानमा रियल गिरोनासंग पराजित भएको थियो ।
‘सबै खेल अधिकतम प्रतिबद्व खेलेका छौ ।’ उनले भने, ‘हाम्रो प्रतिबद्वता भनेको लिगको अन्तिम समयसम्म लड्ने हो ।’
‘हाम्रो लक्ष्य भनेको धेरै अंक दुरी घटाउन चाहन्छौ । अघिल्लो साता हामीले सकेनौ । तर अघिल्लो खेलमा पक्कै हामी होसियारी पुर्वक उत्रनेछौ ।’ सोलारीले थपे ।