ललितपुर । ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपमा आज दुई खेल हुदैछ । समुह सी अन्तर्गत आज हुने पहिलो खेलमा रमपम झापा ११ र संकटा युथ क्लबबीच प्रतिस्पर्धा हुदैछ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुने खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । पहिलो खेलमा जित निकालेका दुवै टोली समुह चरणको दोस्रो खेलमा तीन अंक जोड्दै नकआउट चरण पुग्न चाहन्छन् ।
झापाले पहिलो खेलमा च्यासल र संकटाले विभागीय टिम एपीएफलाई पराजित गरेका थिए । आजको खेलको विजेता टोलीले अन्तिम ८ मा स्थान पक्का गर्नेछ ।
सोही समुहको अर्को खेलमा च्यासल युथ क्लब र विभागीय टिम एपीएफबीच प्रतिस्पर्धा हुनेछ । खेल अपरान्ह ४ बजे सुरु हुनेछ । पहिलो खेलमा पराजय भोगेका दुवै टोलीलाईै क्वार्टरफाईनलको सम्भावना जिवितै राख्न जित्नैपर्ने दबाब छ ।
पराजित हुने टोली समुह चरणबाटै बाहिरिनेछ ।
यस्तो छ अंक गणित
पहिलो खेलको समाप्तिमा झापाको ३ अंक छ । संकटाको समेत समान तीन अंक भएपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । अंक विहिन हुदै एपीएफ तेस्रो र च्यासल चौथो स्थानमा छ ।