काठमाडौँ । पाकिस्तान सुपर लिग पीएसएलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आज (शनिबार) आफ्नो दोश्रो खेल खेल्दै छन् ।
लाहोर क्वालेण्डर्सले सन्दीपलाई समावेश गर्दै सुरुवाती ११ खेलाडीको घोषणा गरेको छ । टोलीमा सन्दीप नियमित खेलाडीको रुपमा अटाएका छन् ।
लाहोरले लिगको पाँचौ खेलमा क्वेटा ग्लाडियटर्सविरुद्व खेल्दैछ । हिजो भएको खेलमा सन्दीपले ३ विकेट हात पर्दै सुखद सुरुवात गरेका थिए ।
लाहोरले टस हारेर ब्याटिङको निम्तो पाएको छ । लाहोर ४ खेलमा २ जित हात पर्दै तालिकाको चौथो स्थानमा रहेको छ ।