काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिमका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द व्यवसायीक फुटबल करियर अघि बढाउन ईन्डोनेसिया पुगेका छन् ।
पछिल्लो समय देश बाहिरको लिगमा व्यस्त रहेका रोहितले नयाँ सिजन समेत ईन्डोनेसियाको पर्सिजा जाकर्ताबाट व्यवसायीक फुटबल खेल्ने पक्का भएको हो । उनले जाकर्ता पुगेर क्लबसंग औपचारिक सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।
उनी आगामी एक सिजनका लागि क्लबसंग सम्झौता गरेका हुन् । उनले गत बर्ष समेत सोही क्लबबाट खेल्दै बर्षको सर्वोकृष्ट खेलाडी घोषित भएका थिए । सेवा सुविधामा वृद्वि गर्न क्लब सहमत भएपछि रोहितले नयाँ सिजन पुरानै क्लबलाई रोजेका हुन् ।
पर्सिजा जाकर्तालाई लिग जिताउन महत्वपुर्ण भुमिका निर्वाह गरेका रोहितले ईन्डोनेसिया पुगेर ‘आई एम ब्याक’ भनेका छन् । औपचारिक रुपमा अनुबन्धन सम्झौता गरेपछि रोहितलाई समावेश गर्दै क्लबले समेत एक भिडियो सार्वजनीक गरेको छ ।
लिग च्याम्पियनको रुपमा रोहितले पर्सिजाबाट एएफसी कप खेल्दैछन् । रोहितले खेल्ने ईन्डोनेसियाको लिग भने आगामी अप्रिलबाट मात्र सुरु हुनेछ ।