एजेन्सी । भारतीय क्रिकेटका महान हस्ती सचिन तेन्दुलकरले आगामी विश्वकपमा पाकिस्तानबिरुद्ध भारतीय क्रिकेट टिमले खेल्नु पर्ने बताएका छन् । पुलवामा भएको आक्रमणमा ४० सैनिकको मृत्युपछि भारतीय क्रिकेट बोर्ड बीसीसीआईले आगामी विश्वकपमा पाकिस्तानविरुद्व नखेल्ने संकेत गरेको थियो ।
सन् २०१९ विश्वकप क्रिकेट इङ्गल्याण्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्दैछन् । विश्वकपको समुह चरणमा भारत र पाकिस्तानले खेल्ने समिकरण तय भएको छ । केही समय अगाडी अर्का भारतीय क्रिकेटर सुनिल गावस्करले पाकिस्तानसँगको खेल रद्ध गर्न नहुने बताएका थिए ।
गावस्करको भनाईमा समर्थन जनाउँदै सचिनले भनेका छन्, ‘पाकिस्तानबिरुद्ध नखेली दुई अंक गुमाउन हुन्न ।’
क्रिकेटको महाकुंम्भ नखेली दुई अंक गुमाउदाँ भारतीय टिमलाई भन्दा पाकिस्तानलाई फाईदा पुग्ने धारणा राखे । ‘चीर प्रतिद्वन्दीबिरुद्व नखेल्नुमा उसैलाई धेरै फाइदा हुन्छ ।’ सचिनले थपेका छन् ।
उनले ईङ्ल्याण्डको म्यान्चेष्टर शहरमा हुने खेलमा पछाडी हट्ने भन्दा पनि पराजित गर्दानै सबैभन्दा उत्कृष्ट रहने दाबी गरे ।
‘भारतले विश्वकपमा सधै पाकिस्तानबिरुद्व उत्कृष्ट खेल प्रदर्शन गरेको छ । अव फेरी उसलाई हराउने समय छ । उसलाई दुई अंक दिने कुरा मलाई ठिक लागेन । किनकी त्यसले उसलाईनै फाइदा हुन्छ ।’ सचिनले भने ।