एजेन्सी । आगामी विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्व खेल्न भारतीय क्रिकेट बोर्ड बीसीसीआईले अस्विकार गर्ने बताएको छ । बीसीसीआईले पत्र लेख्दै सरकारले अस्विकार गरेको खण्डमा विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्व नखेल्ने स्पष्ट पारेको हो ।
ईङ्ल्याण्डमा यसै बर्ष हुने तय भएको विश्वकप क्रिकेटमा समुह चरणको खेलमा भारत र पाकिस्तान खेल्ने तालिका रहेको छ । ईङ्ल्याण्डमा मे ३० बाट जुलाई १४ सम्म प्रतियोगिता हुने तय छ । तालिका अनुसार जुन १६ मा म्यान्चेष्टरमा भारत र पाकिस्तान खेल्दै छन् ।
कास्मिरको पुलवामा आक्रमणलाई लिएर भारत र पाकिस्तानबीचको विवाद उत्कर्षमा छ । भारतले सो घटनामा पाकिस्तान जिम्मेवार रहेको आरोप लगाउँदै आएको छ । पाकिस्तानले आरोपलाई पुर्ण रुपमा अस्विकार गरिदिएको छ ।
सौरभ गांगुली, आकाश चोपडा, हरभजन सिंह लगायत धेरै भारतीय क्रिकेटर पाकिस्तानविरुद्वको म्याच खेल्न नहुने अडानमा छन् ।
यसैबीच इन्डियन प्रिमियर लिग क्रिकेटकाे यस सिजन भब्य उद्घाटन नहुने भएकाे छ । उद्घाटनमा खर्च हुने रकम पुलवामा आक्रमणमा ज्यान गुमाएका भारतीय सैनिकका परिवारलाई दिने निर्णय बीसीसीआईले गरेकाे छ ।