काठमाडौँ । पाकिस्तान सुपर लिग पीएसएलको डेब्यु खेलमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिएका छन् । लाहोर क्वालेण्डर्सबाट सहभागि सन्दीपले ४ ओभर बलिङ गर्दै ४६ रन दिएर ३ विकेट लिएका हुन् ।
सन्दीपको टिम क्वालेण्डर्सले लिगको चौथो चरणको खेलमा मुल्तान सुल्तानसंग प्रतिस्पर्धा गरेको थियो ।
मुल्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय रन बनाएको छ । जितका लागि सन्दीपको टिम लाहोरलाई २ सय १ रनको लक्ष्य प्रस्तुत गरेको छ । सन्दीपले चार ओभर बलिङ गर्दा ५ छक्का तथा १ चौका सहित ४६ रन खर्चिए भने महत्वपूर्ण तिन विकेट लिए ।
मुल्तान सुल्तानले निकै आक्रमक सुरुवात गरेको इनिङ्समा सुरुवाती ब्याट्सम्यान जेम्स भिन्स र उमर सिद्दिकको एक सय ३५ रनको साझेदारी तोड्न सन्दीप सफल भएका थिए । पहिलो ओभरमा दुई छक्का र एक चौकासंगै १७ रन खर्चिन पुगेका उनले दोश्रो ओभरमा शानदार कम्ब्याक गरेका थिए ।
सन्दीपले दोस्रो आभेरमा जेम्स भिन्सलाईे फकर जमानको हात बाट क्याच गराएका थिए । तेश्रो ओभरमा सोएब मल्लीकलाई १० रनमा र चौथो ओभरमा आन्द्रे रसेललाई ७ रनमा आउट गर्न उनी सफल रहे ।
सन्दीप बाहेक हरिस रौफ र सहिन साह अफ्रिदिले लाहोरबाट समान १\१ विकेट हात पारे ।
मुल्तान सुल्तानका जेम्स भिन्सले सर्वाधिक ८४ रन बनाए । उमर सिद्दिकले ५३, ड्यानिएल क्रिस्चेनले २१ र शोएब माल्लीकले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
बिग बास लिग खेलेर फर्केका उनी लाहोरको पहिलो ३ खेल गुमाएका थिए । लाहोर ३ खेलमा १ जित हात पर्दा अंक तालिकाको पुछारमा रहेको छ ।