काठमाडौँ । पाकिस्तान सुपर लिग पीएसएलकाे डेब्यु खेलमा नेपालका सन्दीप लामिछानेले दोश्रो विकेट लिन सफल भएका छन् । सन्दिप सम्मिलित टोली लाहोर क्वालेण्डर्सले लिग चरणकाे चाैथाे खेलमा मुल्तान सुल्तानविरुद् खेलिरहेको छ । पीएसएलमा डेब्यु गरेका सन्दीपले पहिलाे खेलमै दाेस्राे विकेट लिन सफल भएका हुन् ।
आफ्नो तेश्रो ओभरमा सन्दीपले सोएब मल्लिकलाई आउट गर्न सफल भएका छन् । यससंगै सन्दीपले ३ ओभर बलिङ गर्दा दुई विकेट हात परेका छन् ।
यसअघि क्वालेण्डर्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नवौ ओभरमा सन्दीपले आफ्नो पहिलो ओभरमा १७ रन खर्चदै महंगा साबित भएका थिए । आफ्नो दोश्रो ओभरमा सन्दीपले जेम्स भिन्सलाई आउट गर्न सफल भएका थिए ।
बिग बास लिग खेलेर फर्केका उनी लाहोरको पहिलो ३ खेल गुमाएका थिए । लाहोर ३ खेलमा १ जित हात पर्दा अंक तालिकाको पुछारमा रहेको छ ।