काठमाडौं । नेपाल यू–१९ टिमका कप्तान अर्पण कार्की सम्मिलित भुटानको पारो फुटबल क्लब जिग्मे दोर्जी बाङ्गचुक स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शुक्रबार भएको उपाधि भिडन्तमा पारो एफसीले नेपालको रुस्लान थ्री स्टारलाई १–० गोल अन्तरले पराजित गर्यो । पारोको जितमा एक मात्रै निर्णायक गोल चेन्चोले गरे । उनले खेलको ७३ मिनेटमा कर्नर बलमा हेडिङ गोल गरे ।
गोलको अवसर सिर्जना गरेपनि थ्री स्टारले सदुपयोग गर्न सकेन । भुटानमा पहिलो उपाधि उचाल्ने थ्री स्टारको योजना विफल भयो ।
यता, खेलभरी उत्कृष्ट प्रदर्शन गरेका नेपाली यू–१९ गोलरक्षक तथा कप्तान अर्पण कार्कीले भुटानमा पहिलो उपाधि उचाल्न सफल भए । उनी भुटान फेरि पनि भाग्यशाली सावित भए । यसअघि उनको कप्तानीमा नेपालले भुटानमा यू–१८ साफ च्याम्पियनसिप जितेको थियो ।
यस्तै पारो एफसीले सेमिफार्इनल र फार्इनलमा दुबै नेपाली टिमलाई पराजित गरेको थियो । सेमिफाइनलमा पारोले विभागीय त्रिभुवन आर्मीलाई पराजित गरेको हो ।