काठमाडौँ । पाकिस्तान सुपर लिग पीएसएलमा सन्दीप लामिछानेले डेब्यु गरेका छन् । सन्दीप सम्मिलित टोली लाहोर क्वालेण्डर्सले आज आफ्नो चौथो खेल मुल्तान सुल्तानविरुद्व नेपाली टिमका लेग स्पिनर सन्दिपलाई मौका दिएको छ ।
क्वालेण्डर्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सन्दीपले पहिले बलिङ गर्ने भएका छन् । बिग बास लिग खेलेर फर्किएका उनी लाहोरको पहिलो ३ खेल गुमाएका थिए । लाहोर ३ खेलमा १ जित हात पर्दा अंक तालिकाको पुछारमा रहेको छ ।