एजेन्सी । इन्ग्लिश क्लब चेल्सीलाई खेलाडी किनबेचमा २ बर्षको प्रतिबन्ध लागेको छ ।
युवा खेलाडी अनुबन्ध गर्दा फिफाको नियमलाई तोडेको भन्दै फिफाले चेल्सीलाई २ बर्षको प्रतिबन्ध लगाएको हो । प्रतिबन्धसंगै चेल्सीले सन् २०२० सम्म खेलाडी किनबेच गर्न पाउने छैनन् ।
चेल्सीले युवा खेलाडी अनुबन्ध गर्दा १८ बर्ष मुनिका बिदेशी खेलाडी अनुबन्ध गरेको कारण प्रतिबन्ध लगाईएको जनाएको छ । चेल्सीले बेरट्रान्ड ट्राओरेसहित १८ बर्ष मुनिका खेलाडी अनुबन्ध गरेको जनाएको छ ।
यस्तै फिफाले चेल्सीलाई ४६० मिलियन पाउण्ड जरिवाना समेत गरेको छ । फिफाले इन्ग्लिश फुटबल एसोसियसनलाई समेत ३९० मिलियन पाउण्ड जरिवाना गरेको छ ।
फिफाले चेल्सीको महिला टिम र फुटसल टिममा भने प्रतिबन्ध नलाग्ने जनाएको छ ।
यस्तै फिफाले चेल्सीलाई ३ दिन अपील गर्ने समय दिएको छ ।