काठमाडौं । नेपालको रुस्लान थ्री स्टार क्लब र भुटानको पारो फुटबल क्लब जिग्मे दोर्जी बाङ्गचुक स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
पहिलो हाफको खेल सकिदाँ दुबै टिमले गोल रहित बराबरी खेलेका छन् । दुबै टिमले गोलका केहि अवसर पाएपनि सदुपयोग गर्न सकेका छैनन् ।
पारो फुटबल क्लबको गोल पोष्ट नेपाली यू–१९ गोलरक्षक तथा कप्तान अर्पण कार्कीले समालेका छन् ।