एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगका चार खेल सकिएका छन् । केही अप्रत्यासित नतिजा सुरुवाती खेलमा निस्किएका छन् । क्रिस्टियानो रोनाल्डो प्रेरित युभेण्ट्स स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसंग २–० ले पराजित हुदै अफठ्यारो अवस्थामा छ । अपेक्षा गरिएका स्टार खेलाडीले सोचे अनुसारको प्रर्दशन गर्न सकेका छैनन भने केही नयाँ खेलाडी उदाएका छन् ।
रोबर्ट लेवान्डोस्कि :
बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कि जारी सिजन सर्वाधिक गोलकर्ताको अग्रस्थानमा छन् । उनले ७ खेलमा ८ गोल गर्न सफल छन् । उनको प्रति खेल गोल औसत १ दशमलव १३ रहेको छ ।
लियोनल मेस्सी :
बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जारी लिगमा सर्वाधिक गोलकर्ताको सुचिमा दोस्रो स्थानमा रहेका छन् । उनले ५ खेलमा ६ गोल गरेका छन् ।
गर्न सफल छन् । उनको प्रति खेल गोल औसत १ दशमलव २० रहेको छ ।
नेयमार :
पीएसजीका स्टार खेलाडी नेयमार जारी लिगमा सर्वाधिक गोलकताको सुचिमा तेस्रो स्थानमा रहेको छ । उनले ६ खेलमा ५ गोल गर्न सफल छन् । उनले प्रति खेल गोल औसत ० दशमलव ८४ रहेको छ ।
एडिन जेको :
सर्बियाका स्टार खेलाडी एडिन जेको जारि लिगमा सर्वाधिक गोलकर्ताको सुचिको चौथो नम्बरमा छ । उनले ५ खेलमा ५ गोल गर्न सफल भएका छन् । उनको प्रति खेल एक गोल औसत रहेको छ ।
पाउलो ड्याबाला :
युभेण्ड्टसका खेलाडी पाउलो ड्याबाला जारी प्रतियोगितामा सर्वाधिक गोलकर्ताको पाँचौ नम्बरमा रहेका छन् । उनले ६ खेलमा ५ गोल गर्न सफल छन् । उनको प्रति खेल गोल औसत १ रहेको छ ।