काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले संयुक्त अरब ईमिरेट्स युएईलाई पराजित गरेको छ । थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा शुक्रबार भएको समुह चरणको आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको हो ।
४२ रनको सामान्य लक्ष्य नेपालले १० दशमलव २ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा ग¥यो । कप्तान रुविना क्षेत्रीले सर्वाधिक १८ रन बनाएको ईनिङ्समा काजल श्रेष्ठले १५ रन बनाईन । सरिता रानामगरले ६ रन बनाईन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई १७ ओभर ३ बलमा अलआउट हुँदै ४१ रनमा समेटिएको थियो । युएईका लागि चामनी रोशनी सिनिभिरत्नाले सर्वाधिक १३ रन जोडिन् । अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् ।
युएईलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले ४ विकेट लिईन् । यस्तै सिता राना मगर, सोनु खड्का र कृष्णा कुँवरले २÷२ विकेट लिए ।
नेपालले ३ खेलबाट ४ अंक जोडेको छ । ग्लोबल छनोटको सम्भावना जिवितै राख्न नेपालले थाईल्याण्डको हारको कामना गर्नुको विकल्प भने छैन ।
युएईले ४ खेलबाट ६ अंक जोडेको छ । पराजित भएपनि युएई तालिकाको शीर्ष स्थान यथावत छ । नेपाल भने आफ्नो दोस्रो खेलमा थाईल्याण्डसंग पराजित हुँदै छनोट प्रतियोगिताको दौडमा कमजोर बनेको हो ।
बिहिबार भएको खेलमा नेपाली टिम थाईल्याण्डसग ५७ रनले पराजित भएको थियो । आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले हराएको थियो । लिगको चौथो चरणको खेलमा भोली (शनिबार) नेपालले हङकङसंग प्रतिस्पर्धा गर्नेछ ।