काठमाडौं । आहा रारा गोल्डकप फुटबलको १७ औँ संस्करणको दोस्रो दिन आज (शुक्रबार) हिमालयन शेर्पा क्लब र धरान ११ भिड्दैछन् । पोखरा रंगशालामा हुने प्रिक्वार्टरफाईनलको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
ए डिभिजन क्लब हिमालनय शेर्पा र मोफसलको क्लब धरान दुवै टोली अन्तिम ८ मा पुग्ने लक्ष्यमा रहेका छन् । धरान भखरै सम्पन्न बुढा सुब्बा गोल्डकपमा उपविजेता बन्न सफल भएको थियो । हिमालयन शेर्पा क्लब विशाल मेमोरियल गोल्डकपको उपविजेता टिम हो ।
प्रतियोगिताको विजेता टिमले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा लिग विजेता मनाङ्ग मस्र्याङ्गदी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, पुलिस क्लब, धरान फुटबल क्लब, युनाईटेड सिक्किम, थ्री स्टार क्लब, सहारा क्लब, दाउफिन्स फेमिलि र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।