काठमाडौं । आयोजक लाली रुपन्देही र क्यामरुनको दाउफिन्स क्लब तिलोत्तमा गोल्डकप फुटबलको पहिलो सेमिफाईनलमा आज (शुक्रबार) भिड्दै छन् ।
खेल बुटवलको एन्फा टेक्निकल सेन्टरमा दिउँसो साँढे २ बजे सुरु हुनेछ ।
मैदान उत्रदै गर्दा दुुवै टोलीको लक्ष्य फाईनल पुग्नु हुनेछ ।
आयोजक टोली रुपन्देहीलाई घरेलु समर्थकको पुर्ण साथ रहनेछ । तर दाउफिन्सलाई रोक्नु रुपन्देहीका लागि चुनौतीपुर्ण छ ।
घरेलु फुटबलमा क्यामरुनको दाउफिन्सले ठुला क्लबलाई समेत सहजै हराउँदै आएको छ । क्वार्टरफाईनलको खेलमा दाउफिन्सले झापा ११ लाई ५–० गोल अन्तरले हराएको थियो ।
दुई महिना अघि खप्तड गोल्डकप खेल्न नेपाल आएको दाउफिन्सले मनकामना केबलकार पोखरा कप र बुढासुब्बा गोल्डकपको उपाधि हात पारिसकेको छ । आजको विजेताले उपाधिका लागि नेपाल पुलिस र च्यासल युथ क्लबको बिजेतासंग उपाधिका लागि खेल्नेछ ।
प्रतियोगिताको विजेताले ८ लाख ८० हजार पाउनेछ । यस्तै उपविजेता टिमले ५ लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडिले एक थान मोटरसाईकल पाउने आयोजकले जनाएको छ ।