काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले अहिले संयुक्त अरब ईमिरेट्स युएईसंग प्रतिस्पर्धा गरिरहेको छ ।
थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा युएईले नेपालविरुद्ध युएईले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । ब्याटिङ गरिरहेको युएईविरुद्ध नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गरिरहेको छ । नेपालले ९ ओभरको खेल सकिदा युएईको ६ विकेट पतन गराएको छ ।
युएईले मात्र १८ रन जोडेको छ । नेपालकी सिता राना मगर, सोनु खड्का र कृष्णा कुँवरले २/२ विकेट लिए ।
छनोट प्रतियोगिताका सुरुवाती तीन खेल जितेर युएई बलियो अवस्थामा छ । उसले ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।
युएईविरुद्व जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्ने अवसर नेपाललाई प्राप्त छ । अघिल्लो महिना थाईल्याण्डमै भएको टी ट्वान्टी स्म्यासमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो ।
तर छनोटको सम्भावना जिवितै राख्न नेपालले थाईल्याण्डको हारको कामना गर्नुको विकल्प समेत छैन ।
नेपाल भने आफ्नो दोस्रो खेलमा थाईल्याण्डसंग पराजित हुँदै छनोट प्रतियोगिताको दौडमा कमजोर बनेको छ । बिहिबार भएको खेलमा नेपाली टिम थाईल्याण्डसग ५७ रनले पराजित भएको थियो । आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले हराएको थियो ।
प्रतियोगिताको एसिया छनोटमा ७ राष्ट्रले भाग लिएका छन् । राउण्ड रोबिनको आधारमा शीर्ष स्थानमा रहने टिमले आईसीसी विश्वकपको ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ ।