काठमाडौं । च्यासल युथ क्लब रुपन्देहीमा जारी २१ औ संस्करणको तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै च्यासलले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
बुटवलको एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा च्यासलले मनाङलाई १–० ले स्तब्ध बनायो ।
खेलको ४८ औ मिनेटमा अफ्रिकन खेलाडी अर्मान्ड बिडौमले गरेको गोल च्यासललाई सेमिफाईनल पु¥याउन पर्याप्त बन्यो । खेलको अन्तिम समयमा मनाङका प्रकाश बुढाथोकीले हानेको फ्रिकिक च्यासलको पोस्टको साईड बारमा लागेर फर्किएको थियो ।
च्यासलले फाईनल प्रवेशका लागि विभागीय टिम पुलिससंग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाईनलमा भोली आयोजक लाली रुपन्देही र अफ्रिकन दाउफिन्सबीच प्रतिस्पर्धा हुनेछ ।
।
प्रतियोगिताको विजेताले ८ लाख ८० हजार पाउनेछ । यस्तै उपविजेता टिमले ५ लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ ।