काठमाडौं । सहारा क्लब पोखराले राष्ट्रिय फुटबल टिमका खेलाडी किरण चेम्जोङलाई सम्मान गरेको छ । आहा रारा गोल्डकपको उद्घाटन समारोहमा पोखरा क्लबले किरणलाई नगद ३५ हजार रुपैयाँ सहित सम्मान गरेको हो ।
राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने एक खेलाडीलाई क्लबले प्रत्येक बर्ष सम्मान गर्दै आएको छ । राष्ट्रिय टिमका नियमित सदस्य किरणले प्रर्दशन र माल्दिभ्सको लिगको गरेको उच्च प्रर्दशनलाई हेरेर यस बर्ष सम्मान गरिएको क्लबका पुर्व अध्यक्ष बिक्रम थकालीले बताए ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले किरणलाई नगद पुरस्कार सहित सम्मान गरेका थिए । बर्ष बर्ष क्लबले सोही पुरस्कारबाट राष्ट्रिय फुटबल टिमका स्ट्राईकर किरण चेम्जोङलाई सम्मान गरेको थियो ।
पछिल्लो सिजन माल्दिभ्सको टिसी स्पोर्टस् क्लबबाट खेलेका उनको टिम लिग च्याम्पियन भएको थियो । प्रतियोगिताभर उत्कृृष्ट प्रदर्शन गरेका किरण उत्कृष्ट गोलकिपर चुनिएका थिए ।
अफ सिजनका कारण रेष्टमा रहेका किरण अहिले स्वदेशमै रहेका छन् । किरणले मोफसल प्रतियोगितामा भने सहभागिमा जनाएका छैनन् ।
किरणले राष्ट्रिय टिमबाट ५५ क्याप जितेका छन् ।