काठमाडौं । डा ता आओ अन्तराष्ट्रिय फुटलब च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भारतको त्रिपुरा क्लबसंग प्रतिस्पर्धा गरिरहेको छ । एलएनआईपीई रंगशालामा पहिलो हाफको खेल सकिदाँ नेपालले २–० को अग्रता बनाएको छ ।
प्रिजेन तामाङले खेलको चौथो मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । उनले नितिन थापाको पासलाई सदुपयोग गर्र्दै गोल गर्न सफल भए । ३१ औ मिनेटमा रेजिन सुब्बाले गोल गर्दै नेपालको दोब्बर बनाएका थिए ।
पहिलो खेलमा मेघालयसंग पराजित भएपछि मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले त्रिपुराविरुद्ध प्लेईङ सेट दुई खेलाडीलाई परिवर्तन गरेका छन् । उनले गोलकिपरमा विष्णु कुमार के सी र स्ट्राइकरमा प्रिजेन तामाङलाई मौका दिएका हुन् ।
प्रिजेन तामाङ मेघालयविरुद्ध परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।