एजेन्सी । वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय खेलमा इंग्ल्याण्ड ६ विकेटले बिजयी भएको छ । वेष्ट इन्डिजले दिएको ३ सय ६१ रनको लक्ष्य भ्रमणकारी इंग्ल्याण्डले ४ विकेटको क्षतिमा पुरा गरेको हो ।
लक्ष्य पछ्याउने क्रममा ईङ्ल्याण्डका जासोन रोय र जोए रुटले शतकीय इनिङस खेले । रोयले १२३ तथा रुटले १०२ रन बनाए । यस्तै कप्तान ईयान मोर्गेनले ६५ रनको अर्धशतकीय इनिङ्स खेल्दा ईङ्ल्याण्डले ८ बल अगावै लक्ष्य पुरा गर्यो ।
वेस्ट इन्डिजका लागि कप्तान जेसन होल्डरले २ तथा देभेन्द्र बिश्व र ओसाने थोमसले समान एक एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धाधित ओभरमा ८ विकेट गुमाउदै ३ सय ६० रन बनाएको थियो । वेस्ट इन्डिजका लागि क्रिस गेलले शतकीय इनिङस खेल्दै १२ छक्का र ३ चौकाको मद्दतले १ सय ३५ रन जोडेका थिए ।
उनी अन्तराष्ट्रिय खेलमा सबै भन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी हुन् । गेलले हाल सम्म ४ सय ८१ छक्का प्रहार गरेका छन् । इंग्ल्याण्डका लागि बेन स्ट्रोक र आदील राशीदले समान ३÷३ विकेट लिएका थिए ।
वेस्ट इन्डिजसंग इंग्ल्याण्डले ५ एकदिवसीय तथा ३ टी–ट्वान्टी खेल खेल्नेछ ।
दोस्रो एकदिवसीय खेल ब्रिजटाउनमा २२ फेब्रुअरीमा हुनेछ ।