काठमाडौँ । डा ता आओ अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपालको एन्फा यू–२१ टोली र भारतको त्रिपुराबीचको खेल आज (बिहिबार) सुरु हुँदैछ । एलएनआईपीई रंगशालामा हुने खेल पौने २ बजे सुरु हुनेछ । नेपाल प्रतियोगितामा पहिलो तीन अंक जोड्ने दाउमा हुनेछ ।
मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले त्रिपुराविरुद्ध प्लेईङ सेट दुई खेलाडीलाई परिवर्तन गरेका छन् । उनले गोलकिपरमा विष्णु कुमार के सी र स्ट्राइकरमा प्रिजेन तामाङलाई मौका दिएका हुन् ।
प्रिजेन तामाङ मेघालयविरुद्ध परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । खेलको अन्तिम मिनेटमा पेनाल्टिमा गोल गरेको थिए । प्रतियोगिताको सुरुवाती खेलमा मेघालयसँग पराजित भएपछि प्रशिक्षक श्रेष्ठले गोलकिपरमा सोजित गुरुङ, राजिव लोप्चाङलाई परिवर्तन गरेको हुन् ।
नेपालको सूरुवाती ११ :
गोलकिपर : विष्णु कुमार के सी
डिफेन्डर : छिरिङ गुरुङ (कप्तान), अशिम भुषाल, राजन गुरुङ, विश्वास उदाउ,
मिडफिल्डर : अनिल महर्जन, अभिषेक रिजाल, एरिक विष्ट,नितिन थापा
स्ट्राइकर : रेजिन सुब्बा, प्रिजेन तामाङ