काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको दोस्रो खेलमा नेपालको राष्ट्रिय महिला क्रिकेट टिम थाईल्याण्डसंग पराजित भएको छ । बिहिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा नेपाली टिम थाईल्याण्डसंग ५७ पराजित भएको हो ।
१ सय २५ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो । ईन्दु बर्माले ३२ र सरिता राना मगरले १८ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
ओपनर काजल श्रेष्ठ र रोमा थापालाई समान एक रनमा गुमाएपछि नेपाली ब्याटिङ लाईन बिथोलिएको थियो । नेपालले ८ रनमा तेस्रो विकेटको रुपमा रुविना क्षेत्रीलाई गुमाएपछि थप दबाबमा आएको थियो ।
त्यसपछि क्रिजमा आएकी ईन्दु वर्माले नेपाली टोलीको ईनिङ्स केही उकासेकी थिईन् । उनीले सर्वाधिक २९ रन जोडिन् । सरिता राना मगरले १८ रन जोडिन् । ममता चौधरी ५, नेरी थापा २, सरिता मगर १ रनमा आउट भए । करुणा भण्डारी ३ रनमा नट आउट रहिन ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १२४ रन बनायो । थाइल्याण्डको लागि चानिदा सिथुरुवाङले ३५ रन जोडिन । यस्तै नारुमोल चाईमाईले ३२ रन जोड्दा वाङपाका लिङप्रार्सटले २८ रनमा अविजित रहिन् ।
नटया बोचाथाम १२ रनमा आउट भईन् । नेपालकी नेरी थापा र कृष्णा कुवरले २\२ विकेट लिईन् । कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले १\१ विकेट लिईन् ।
पछिल्लो हारले छनोटको बिजेता बन्दै विश्वकपको ग्लोबल छनोटमा पुग्ने नेपालको सम्भावना कमजोर बनेको छ । गत महिना थाईल्याण्डमै भएको वुमन्स टी–ट्वान्टी स्म्यास प्रतियोगितामा थाईल्याण्डसंग नेपाल ७० रनले पराजित भएको थियो ।
जितसंगै थाईल्याण्डले दुई खेलमा ४ अंक जोडेको छ । समान खेलबाट नेपालकाे मात्र २ अंक भएको छ । पहिलो खेलमा नेपालले मलेसियलाई ३४ रनले पराजित गरेको थियो । थाईल्याण्डले चीनलाई ६ विकेटले हराएको थियो ।