काठमाडौं । भारतमा जारी डा ता आओ फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा एन्फा यू-२१ टोलीले आज (बिहीबार) त्रिपुरासंग प्रतिस्पर्धा गर्दैछन् ।
एलएनआईपी रंगशालामा हुने एन्फा यू-२१ र त्रिपुराबीचको खेल पौने २ बजे सुरु हुनेछ । त्रिपुराविरुद्ध मैदान उत्रदा एन्फा यू-२१ पहिलो जितको खोजीमा हुनेछ ।
यसअघि बुधबार भएको पहिलो खेलमा एन्फा यू-२१ मेघालयसंग ३–२ गोल अन्तरले पराजित भएको थियो । एन्फा यू-२१ का लागि रेजिन सुब्बा र प्रिजेन तामाङले गोल गरेका थिए ।
समुह 'बी' मा रहेको एन्फा यू-२१ टोलीले तेस्रो खेलमा मनिपुरसंग खेल्नेछ । समूह विजेता र उपविजेताले दोस्रो चरणमा भिड्नेछन् ।