काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको दोस्रो खेलमा नेपालले अहिले घरेलु टोली थाइल्याण्डसंग प्रतिस्पर्धा गरिरहेको छ ।
बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको थाइल्याण्डले दिएको १२५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ ।
नेपालले दुई ओभरमै २ विकेट गुमाएको छ । नेपालले काजोल श्रेष्ठ र रोमा थापालाई समान १/१ विकेटमा गुमाएको हो ।
नेपालले ३ ओभरको खेल सकिदा २ विकेट गुमाएर ४ रन जोडेको छ ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १२४ रन बनाएको थियो । थाइल्याण्डको लागि चानिदा सिथुरुवाङले ३५ रन जोडिन । यस्तै नारुमोल चाईमाईले ३२ रन जोड्दा वाङपाका लिङप्रार्सटले २८ रनमा अविजित रहिन् ।
नटया बोचाथाम १२ रनमा आउट भईन् । नेपालकी नेरी थापा र कृष्णा कुवरले २/२ विकेट लिईन् । कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले १/१ विकेट लिईन् ।