एजेन्सी । शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले मोन्टपिलरलाई ५-१ गोल अन्तरले पराजित गर्यो ।
पीएसजीको जितमा लेभिन कुर्जावा, एन्जल डी मारिया, क्रिष्टोफर एनकुनकु र केलियन एमबाप्पेले एक एक गोल गरे । पीएसजीले एक गोल आत्मघाती उपहार पाएको थियो ।
मोन्टपिलरका डा सिल्भाले आत्मघाती गोल गर्दा फ्लोरेन्ट मोल्लेटले एक गोल फर्काए ।
मोन्टपिलरविरुद्ध एक गोल गरेसंगै एमबाप्पेले यस सिजन पीएसजीका लागि १९ खेलमा २० औं गोल पुरा गरेका छन् ।
यो जितसंगै पीएसजीले लिगमा १० अंकको अग्रता बनाएको छ । पीएसजीले २४ खेलबाट ६५ अंक जोडेको छ । छैटौं स्थानको मोन्टपिलरको ३८ अंक छ ।