एजेन्सी । इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर सामी खेडीरा एक महिना बढी मैदान बाहिर रहने भएका छन् । मुटुको समस्या देखिएपछि जर्मनीका खेडीरा मैदान बाहिर रहने भएका हुन् ।
मुटुको धड्कन अनियमित भएपछि ३१ बर्षीय खेडीरा उपचारको लागि एक महिना आराम गर्ने भएका छन् । विश्वकप विजेता खेडीराको मुटुको धड्कन नियमित भन्दा बढी रहेको बताईएको छ ।
मुटुमा समस्या देखिएपछि खेडिरा च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत एट्लेटिको मड्रिडसंगको पहिलो लेगमा मैदान उत्रिएनन् । उक्त खेलमा युभेन्ट्स २-० ले पराजित भएको थियो ।
जर्मनीले सन् २०१४ को विश्वकप जित्दा खेडीरा मुख्य खेलाडी रहेका थिए । सन् २०१५ मा युभेन्ट्स आएका खेडीराले यस सिजन १५ खेल मात्र खेलेका छन् ।