बुटवल । रुपन्देहीमा जारी २१ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबलको क्वाटरफाइनलमा बिहिबार दुई 'ए' डिभिजन क्लब क्लब मनाङ मर्स्याङ्दी र च्यासल युथले प्रतिस्पर्धा गर्दैछन् ।
एन्फा एकेडेमी बुटवलमा हुने मनाङ र च्यासलबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टोलीको लक्ष्य सेमिफाइनल पुग्नु हुनेछ ।
मनाङ र च्यासलबीचको विजेताले फाइनल प्रवेशका लागि विभागीय टिम नेपाल पुलिसको सामना गर्नेछ ।
लिग विजेता मनाङ र च्यासलले यस वर्ष मोफसलको प्रतियोगितामा आफुलाई प्रमाणित गर्न सकेका छैनन् । मनाङले एक मात्रै मदन भण्डारी गोल्डकपको फाइनल खेलेका थियो । तर, मनाङ त्रिभुवन आर्मीसंग २–० ले पराजित भएको थियो ।
च्यासलले भने मोफसलको प्रतियोगिताको सेमिफाइनल पार गर्न सकेको छैन् ।