एजेन्सी । क्रिकेटको सर्बोच्च निकाय अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सारजाहा क्रिकेटका प्रशिक्षक इरफान अन्सारीलाई १० बर्षको प्रतिबन्ध लगाएको छ ।
आइसीसीको एन्टी करप्सन ट्रिब्युनलले छानबिनमा दोषी भेटाएपछि ईरफानलाई सो सजाए सुनाएको हो ।
सन् २०१७ मा यÞुएईमा भएको पाकिस्तान र श्रीलंकाबीचको सिरिजमा उनले पाकिस्तानी कप्तान सर्फराज अहेमदलाई नतिजामा हेरफेर गराउन अनुराध गरेको भन्दै सर्फराजले तत्कालनै मुदा दायर गरेका थिए ।
लगत्तै आईसीसीले गरेको छानबिनमा इरफान दोषी भेटिएका थिए । उनलाई आइसीसी अन्तर्गत तीन अपराधको धारामा दोषी पाईएको बताईएको छ ।
'मेरो तर्फबाट सर्फराजलाई धन्यबाद दिन चाहान्छु । जसले हाम्रो काममा सहयोग गरे । उनले आफु सच्चा लिडर र आफ्नो कामप्रति जिम्मेवार भएको सावित गरे । यस्तो प्रस्ताब अस्विकार गरेर मुद्दा दायर गराए ।' आइसीसीले जारी गरेको प्रेस बिज्ञप्तीमा भनिएको छ ।