काठमाडौं । आहा–रारा गोल्डकप फुटबलको १७ औँ संस्करण भोली (बिहीबार) बाट पोखरामा सुरु हुदैछ । पोखरा रंगशालामा हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगिताको पहिलो दिनको खेल तय भएपनि अन्य खेलको तालिका भने सार्वजनीक गरिएको छैन । बुटवलमा तिलोत्तमा गोल्डकपको कारण अन्य खेलको तालिका सार्वजनीक नगरिएको हो । तर सहभागि हुने टिमको भने टुंगो लागिसकेको छ ।
प्रतियोगिताको विजेता टिमले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट पाँच विधागत तर्फका खेलाडीले नगद १५ हजार रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगितामा लिग विजेता मनाङ सहित आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब, युनाईटेड सिक्किम क्लब, थ्री स्टार क्लब, सहारा क्लब पोखरा, दाउफिन्स फेमीली क्यामरुन र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।