काठमाडौँ । सहिद स्मारक 'बी' डिभिजन लिगमा खुमलटार युवा क्लबले पहिलो जित दर्ता क्लब गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको पहिलो खेलमा पुल्चोक स्पोर्टस् क्लबलाई ३–१ गोलले पराजित गर्दै खुमलटारले प्रतियोगितामा पहिलो तीन अंक जोडेको हो ।
एक गोलले पछि परेको खुमलटारले खेलमा पुनरागमन गरेको थियाे । टिका राज गुरुङले खेलको १५ मिनेटमा गोल गर्दै पुल्चोकलाई अग्रता दिलाएका थिए । बाँकी समयमा खुमलटारले लगातार तीन गोल गरेको हो । निरान श्रेष्ठले खेलको २८ मिनेटमा गोल गर्दै बराबरी गरे ।
परियारले ५४ मिनेटमा गोल गर्दै अग्रता २–१ को बनाए । सविन केसीले खेलको इन्जुरी समयमा काउन्टरमा गोल गर्दै टिमलाई पहिलो तीन अंक दिलाए ।
आजै भएको दोस्रो खेलमा सातदोबाटो युथ र रानीपोखरी कर्नर टिम आरसीटीले गोल रहित बराबरी खेले । पछिल्लाे नतिजापछि पुल्चोक स्पोर्टस्को ६ अंक भएको छ । खुमलटारको ३ अंक छ । सातदोबाटोको २ अंक भएकाे छ । आरसीटीको ५ अंक छ ।
राउण्ड रोेबिन लिगका आधारमा खेलाइने प्रतियोगितामा दुई समुहका विजेता र उपविजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् ।