एजेन्सी । पाहुना टोली बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा न्युजिल्याण्डले क्लिन स्विप गरेको छ ।
बुधबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा बंगलादेशलाई ८८ रनले पराजित गर्दै न्युजिल्याण्डले सिरिज ३-० ले क्लिन स्विप गरेको हो ।
डुनेडीनमा न्युजिल्याण्डले दिएको ३३१ रनको लक्ष्य पछ्याएको बंगलादेश ४७ ओभर २ बलमा अलआउट हुँदै २४२ रनमा समेटियो ।
बंगलादेशका लागि सब्बीर रहमानले १०२ रनको शतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मोहमद सैफुदीनले ४४ तथा हसन मिराजले ३७ रन जोडे । न्युजिल्याण्डका लागि टिम साउथे एक्लैले ६ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३३० रन बनाएको थियो ।
न्युजिल्याण्डका लागि रोस टेलरले ६९ रन जोड्दा हेनरी निकोल्सले ६५ रन बनाए । यस्तै टम लाथमले ५९ रन जोडे । बंगलादेशका मुस्ताफिजुर रहमानले २ विकेट लिए ।
अब दुई टोलीले तीन खेलको एकदिवसीय क्रिकेट सिरिज खेल्नेछ ।