एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा बार्सिलोनाले फ्रान्सेली क्लब लियोनसंग बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले लियोनसंग गोल रहित बराबरी खेलेको हो ।
लियोनको घरेलु मैदानमा बार्सिलोनाले २५ प्रहार गरेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन । बार्साका लियोनल मेस्सी, लुईस सुआरेज र फिलिप काउटिन्होको प्रहारलाई लियोनका गोलकपिर एन्थोनी लोपिसले बिफल पारेका थिए ।
दोस्रो लेगको खेल क्याम्प नेउमा मार्च १३ मा हुनेछ ।
बार्सिलोना तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा उसले ७ अंकको अग्रता लिएको छ । सन् २०१५ मा युभेन्ट्सलाई पराजित गरेपछि बार्साले युरोपियन च्याम्पियनसिप जित्न सकेको छैन ।
बराबरीको नतिजाले बार्सिलोना क्वार्टरफाईनल प्रवेशको सम्भावना बलियो बनाएको छ । बार्सा लगातार ११ औ पटक अन्तिम ८ मा प्रवेशको नजिक छ । पछिल्ला ५ खेलमा बर्सिलोनाले चार खेलमा बराबरी खेलेको छ ।