एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा लिभरपुल र बार्यन म्युनिखले बराबरी खेलेका छन् ।
लिभरपुलको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा दुवै टोलीले गोल रहित बराबरी खेलेका हुन् । बार्यनले उत्कृष्ट डिफेन्सको नमुना प्रस्तुत गर्दै लिभरपुललाई बराबरीमा रोक्न सफल भयो ।
पहिलो हाफमा साडियो मानेले राम्रो गोलको अवसर चुकाए । पेनाल्टी एरियामा अनमार्क रहेको उनले प्रहार गरेको बल आकासिएको थियो । रोबर्टो फिर्मिन्होको क्रसमा जोएल माटिप समेत गोल गर्न चुके ।
दोस्रो हाफमा जर्मन च्याम्पियनले उत्कृष्ट रक्षात्मक खेल प्रर्दशन गरेका थिए । ८५ औ मिनेटमा लिभरपुल गोलको नजिक पुगेको थियो । मानेले गरेको हेड प्रहार गोलमा परिणत हुन असफल रह्यो ।
दोस्रो लेगको खेल मार्च १३ मा एलियाज एरिनामा हुनेछ ।