एजेन्सी । प्रिमियर लिग क्लब टोटेनहमका स्टार ह्यारी केन मैदान फर्किएका छन् । चोटका कारण मैदान बाहिर रहदै आएका केन प्रिमियर लिगमा वर्नलीविरुद्वको खेल अगाडी अभ्यास सत्रमा फर्किएका छन् ।
ईङ्ल्याण्डका अन्तराष्ट्रिय खेलाडी जनवरी १३ यता मैदान बाहिर रहदै आएका थिए । म्यान्चेष्टर युनाईटेडविरुद्वको खेलमा उनले पैतलाको जोर्नीमा चोट बोकेका थिए । सो खेल टोटनहमले १–० ले हारेको थियो ।
माउरिसिया पोचिटिनोको टोलीले आफ्ना स्टार खेलाडीबिना खेल्दै आएको छ । ओल्डट्राफोर्डमा भएको खेलमा केनले पुरै समय बिताएका थिए ।
मार्चको अन्तिम समयसम्म उनी ठिक हुने बताईएको थियो । तर चोट चाँडै निको भएका कारणले उनी मैदान फर्किएका हुन् । केनबिनै च्याम्पियन्स लिगमा टोटेनहमले अन्तिम १६ को पहिलो लेगको खेलमा बोरुसिया हर्टमण्डलाई ३–० ले हराएको थियो ।
केनको आगमनले क्लबलाई ठुलो राहत दिएको छ । उनको आगमनसंगै क्लब प्रिमियर लिगको उपाधि होडमा फर्कने अपेक्षा गरिएको छ । टोटेनहम अझै शीर्ष स्थानका म्यानचेष्टर सिटी र लिभरपुल भन्दा ५ अंकले पछाडी छ ।
टोटेनहमले आगामी शनिबार वर्नलीसंग प्रतिस्पर्धा गर्दैछ । लगत्तै उसले चेल्सी र आर्सनलसंगै जर्मन क्लबसंग च्याम्पियन्स लिगको दोस्रो लेगको खेल समेत खेल्नेछ ।