बुटवल । विभागीय टोली नेपाल पुलिस क्लब बुटबलमा जारी २१ औं संस्करणको तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । मगंलबार भएको खेलमा पुलिसले भारतको भारतकाे दार्जेलिङ युनाइटेडलाई २–० ले पराजित गर्याे ।
पुलिसको जितमा रवि पासवान र मिलन राईले एक एक गोल गरे । पहिलाे हाफकाे इन्जुरी समयमा रविले गोल गर्दै पुलिसलाई अग्रता दिलाए ।
त्यसपछि खेलको ६८ औं मिनेटमा मिलन राईले गोल गर्दै पुलिसलाई २-० को जित दिलाए । तिलोत्तमा गोल्डकपका लागि पुलिसले मंगलबार मोरङका दुई खेलाडी मनोज राई र मिलन राईलाई क्लबमा ल्याएको थियो ।
पुलिसका रवि शंकर पासवान खेलको म्यान अफ दि म्याच चुनिए ।
पुलिसले सेमिफाइनल प्रवेशका लागि अब लिग विजेता मनाङ मर्स्याङ्दी र च्यासल युथ क्लबको विजेतासंग खेल्नेछ । प्रतियोगिताको विजेताले ८ लाख ८० हजार पाउनेछ ।
यस्तै उपविजेता टिमले ५ लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडिले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ ।