काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब भुटानमा जारी जिग्मे दोर्जी बाङ्गचुक स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको छ ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा १० खेलाडीमा सिमित आर्मी क्लब भुटानको पारो फुटबल क्लबसंग १–० गोल अन्तरले पराजित भयो ।
नेपाली राष्ट्रिय यू –१९ टोलीका कप्तान अर्पण कार्की रहेको पपारोको जितमा दिवस सुब्बाले निर्णायक गोल गरे । उनले खेलको ८६ औं मिनेटमा गोल गरे ।
आर्मी पहिलो हाफको ३२ औं मिनेटमै १० खेलाडीमा सिमित भएको थियो । आर्मीका कप्तान भरत खवास दोहोरो पहेलोँ कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
यसअघि प्रतियोगितामा सिधै बाई पाएर क्वाटरफाइनल खेलेको आर्मीले शुक्रबार भुटानको थिम्पु सिटीलाई ६–० को भारी अन्तरले पराजित गरेका थियो ।
पारोले उपाधिका लागि नेपालको रुस्लान थ्रीस्टार र भारतको युनाइटेड ब्रदर्शबीचको विजेतासंग खेल्नेछ ।