काठमाडौं । बहुचर्चित क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुने भएको छ ।
भारतीय क्रिकेट बोर्डले मंगलबार सार्वजनिक गरेको नयाँ सिजनको खेल तालिका अनुसार उद्घाटन खेलमा साबिकको विजेता चेन्नई र बैंगलोरबीच प्रतिस्पर्धा हुने भएको हो ।
भारतीय क्रिकेट बोर्डले निकालेको १७ खेलको खेल तालिका अनुसार चेन्नई र बैंगलोरबीचको खेल मार्च २३ मा हुनेछ ।
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले २४ मार्चमा पहिलो खेल खेल्नेछ । पहिलो खेलमा दिल्लीले मुम्बई ईण्डियन्ससंग खेल्नेछ ।
हेर्नुहोस् खेल तालिका :