काठमाडौं । डा ता आओ अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिप खेल्न भारतको गुहावटी पुगेको एन्फा यू–२१ फुटबल टोलीले पहिलो दिन आज (मंगलबार) अभ्यास गरेको छ ।
नेपाली टिमले गुहावटीको नेहरु मैदानमा विहान ९ देखि ११ बजे सम्म अभ्यास गरेको छ । नेपाली टिम सोमबारनै गुहावटी पुगेको हो । नेपालले भोली (बिहीबार) हुने पहिलो खेलमा मेघालयसंग प्रतिस्पर्धा गर्दैछ । खेल पौने २ बजे सुरु हुने कार्यक्रम रहेको छ ।
प्रतियोगितामा नेपाल समुह बी मा परेको छ । नेपाल सँगै समुह बीमा नागल्याण्ड, मेघालय, मिजोराम, मनिपुर र त्रिपुरा रहेका छन् । दोस्रो खेलमा त्रिपुरासँग नेपालले २१ तारिखमा खेल्नेछ ।
प्रतियोगिताको तेस्रो खेलमा नेपालले २३ तारिखका दिन अपरान्ह पौने ५ बजे मनिपुरसँग खेल्नेछ । चौथो खेलमा २४ तारिखमा अपरान्ह पौने ५ बजे मिजोरामसँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा २५ तारिखमा अपरान्ह पौने ५ बजे नागाल्याण्डसंग खेल्नेछ ।
समुहका विजेता र उपविजेताले दोस्रो चरणमा भिड्नेछन् । प्रतियोगिताको फाईनल खेल २८ तारिका हुनेछ ।
भारत जाने नेपाली टिम :
गोलकिपर : सोजित गुरुङ, विष्णुकुमार केसी, सुर्य अधिकारी
डिफेन्डर : छिरिङ गुरुङ (कप्तान), रन्दीप पौडेल, गौतम श्रेष्ठ, विश्वास उदास, असिम भुसाल, राजन गुरुङ
मिडफिल्डर : अनिल महर्जन, आकृन विष्ट, अनिष थापा, मिक्छेन तामाङ, नितिन थापा, अभिषेक रिजाल, शिशिर लेखी
फरवार्ड : रेजिन सुब्बा, राजिव लोप्चन, धिरज श्रेष्ठ, प्रिजन तामाङ
वैकल्पिक खेलाडीमा गोलकिपरमा अभिषेक बराल, डिफेन्समा सतिस श्रेष्ठ, मिडफिल्डमा अरुज सिंह र फरवार्डमा रितिक खड्का रहेका छन् ।
टिमको प्रशिक्षकमा चेतनारायण श्रेष्ठ र सहायक प्रशिक्षकमा सल्याणी खड्गी रहेका छन् । गोलकिपर प्रशिक्षकमा छानुराम चौधरी र फिजियोमा र्कीतन श्रेष्ठ छन् ।