काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपालले अहिले मलेसियाको सामना गरिरहेको छ ।
थाइल्याण्डकाे बैङकस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको १२७ रनको लक्ष्यसहित मलेसियाले जवाफी ब्याटिङ गरिरहेको छ ।
मलेसियाविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको नेपालले बलिङमा समेत उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नेपालले सस्तैमा मलेसियाको २ विकेट लिएको छ । मलेसियाको युश्रीना याकोप ५ तथा ताजिन यी सुन्य रनमा आउट भए ।
पाँच ओभरको खेल सकिदा मलेसियाले २ विकेट गुमाएर २० रन जोडेको छ ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १२६ रन बनायो ।
नेपालको लागि ओपनर सिता राना मगरले ४२ रन जोडिन । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाईन् । त्यसबाहेक काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले ६ रन जोडिन ।
नेपालले मलेसियापछि दोस्रो खेलमा आयोजक थाईल्याण्डसंग फेब्रुवरी २१ मा खेल्नेछ ।