काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटको पहिलो खेलमा नेपालले अहिले मलेसियासंग प्रतिस्पर्धा गरिरहेको छ ।
थाइल्याण्डकाे बैङकस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटको रुपमा सिता राना मगरलाई गुमाएको हो । सिता ४२ रनमा आउट भईन् ।
यसअघि दोस्रो विकेटको रुपमा इन्दु बर्मालाई १३ र ओपनर काजोल श्रेष्ठलाई १६ रनमा गुमाएको थियो ।
नेपालले १७ ओभरको खेल सकिदा ३ विकेट गुमाएर १०८ रन जोडेको छ ।
आज नेपाल मलेसियालाई हराएर प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।
गत महिना थाइल्याण्डमै भएको वुमन्स टी ट्वान्टी स्म्यास प्रतियोगितामा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । आफ्नो पहिलो खेलमा सहज जित निकाल्दै नेपाल ग्लोबल छनोटको यात्रालाई सहज बनाउन चाहन्छ ।
राउण्ड रोबिनको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।
नेपालले युएईसंग फेब्रुअरी २२ मा खेल्नेछ । त्यस्तै हङकङसंग २४ फेब्रुअरीमा, चीनसंग फेब्रुअरी २५ मा र अन्तिम खेलमा कुवेतसंग फेब्रुअरी २७ मा खेल्नेछ ।