धनगढी । विराटनगर किंग्सका खेलाडी मोहमद आसिफ शेखलाई धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटले कारबाही गरेको छ ।
फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा आईसीसीको नियम उलंघन गरेको कारण डीपीएलले शेखलाई कारबाही गरेको जनाएको छ ।
डीपीएलले म्याच रेफ्री मोहमद साफीक खानले उपलब्ध गराएको रिपोर्टको आधारमा उनलाई कारबाही गरेको हो । शेखले सिवाईसी अत्तरियाविरुद्धको खेलमा रेफ्रीको निर्णयमा आपत्ति जनाएका थिए ।
कारबाही स्वरुप डीपीएलले शेखलाई म्याच फिको ५० प्रतिशत रकम जरिवाना र २ अंक घटाईएको जनाएको छ ।