एजेन्सी । एफए कप फुटबलको पाँचौ चरणको खेलमा आज (सोमबार) राति चेल्सी र म्यानचेस्टर युनाईटेडबीच प्रतिस्पर्धा हुदैछ । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुने खेल नेपाली समय अनुसार सवाँ एक बजे सुरु हुनेछ ।
चेल्सीका मुख्य खेलाडीले फिटनेसका कारण खेल गुमाउदाँ नयाँ खेलाडीको परिक्षण हुने देखिन्छ । अघिल्लो खेलमा ढाडको समस्याका कारण मैदान बाहिर रहेका लफट्स चेक र सो खेलमा बिश्राम गरेका मार्कोस एलान्सोलाई मैदानमा देखिने सम्भाबना रहेको छ ।
युनाइटेडका अग्रपंतिका खेलाडी एन्थोनी मार्टियल र जेसे लिङगार्डले चोटका कारण चेल्सीविरुद्वको खेल गुमानेछ । यस्तो अवस्थामा मार्कोस रोजोसंगै युवा खेलाडी एन्जल गोम्सलाई मैदानमा देख्न पाइने सम्भाबना छ ।
‘हामीले जसरी खेल हारिरहेका छौं । यस्तो अवस्थामा कोही समेत खुसी छैन । हामीले राम्रो सुरुवात गरेपनि राम्रो अन्त्य गर्न टाढिदै छौ । हामीले सुरुवाती प्रदर्शनलाई निरन्तरता दिनु पर्नेछ । त्यसैले हामी सबै खेलाडी र कोच मिलेर मेहनत गर्नेछौ ।’ चेल्सीका सहायक प्रशिक्षक जिएन्फान्को जोलाले भने ।
युनाईटेडका केयर टेकर म्यानेजर ओल गुनार सोल्सायरले भने, ‘चेल्सीको मैदानमा जित्न सजिलो छैन । तर हामीलाई जसरी पनि खेलमा फर्किन छ । यो चुनौती पनि हो । पीएसजीको खेलमा केही समय हामी समालिन सकेनौ । हामीले बाँकी खेलमा राम्रो गरेका छौ ।’