एजेन्सी । ब्राजिलको लिजेण्ड काफुले नेयमार नभएपनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी च्याम्पियन्स लिगको फाईनल पुग्न सक्ने भएका छन् ।
पीएसजीले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडलाई २–० ले हराएको थियो । जसमा नेयमार र ईडिन्सन काभानी चोटका कारण अनुपस्थित थिए ।
केलियन एम्बाप्पे र प्रिन्सनेल किम्पेम्बेको गोलको मदलते पहिलो लेगको खेलमा पीएसजी निकै सहज अवस्थामा छ । दोस्रो लेगको खेल पीएसजीको घरेलु मैदानमा हुनेछ । जहाँ उसलाई फराकिलो अग्रतासंगै घरेलु मैदानको साथ रहनेछ ।
काफुले समेत सन् २००६–२००७ को सिजनमा ईटालियन क्लब एसी मिलानबाट युरोपको उत्कृष्ट प्रतियोगिता जितेका थिए । उनले नेयमार बिना समेत पीएसजीले निकालेको नतिजाले क्लब फाईनल पुग्ने सामर्थ्य देखाएको बताए ।
‘च्याम्पियन्स लिगको अन्तिम १६ मा भिडन्त गर्ने टोली आफैमा निकै बलिया टिम हुन्, जसले पुरै जित्ने सम्भावना राख्छन् । यद्वपी तपाई आफ्ना सबै भन्दा ठुला स्टारलाई गुमाउनुहोस ।’ उनले भने ।
घर बाहिर पीएसजीको पहिलो खेल हेरेर बिश्लेषण गर्दा, उसले बनाएको नतिजालाई हेर्दा, पीएसजी च्याम्पियन्स लिगको फाईनल पुग्ने देखिन्छ ।’ उनले थपे ।
पीएसजीले लिग वानमा १२ अंकको अग्रता लिएको छ । च्याम्पियन्स लिगका अन्तिम १६ को दोस्रो लेग पीएसजीले मार्च ६ मा खेल्दैछ ।