काठमाडौं । डा ता आओ फुटबल च्याम्पियनसिप खेल्ने एन्फाको यू–२१ फुटबल टोली भारत प्रस्थान गरेको छ । नेपाली टिम सोमबार बिहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट श्री एयरलाइन्स विमान मार्फत भद्रपुर हुदै भारतको गुहावटी गएको हो ।
नेपाली टिम भद्रपुरसम्म विमानबाट र भद्रपुरबाट भारतको बागडोरासम्म स्थलमार्ग हुदै सिलगुडी पुग्नेछ ।
अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार च्याम्पियनसिपमा सहभागिता जनाउने २० सदस्यीय टोलीको विदाई गरेको हो । गुवाहाटी जाने टोलीमा २० खेलाडी र ८ अफिसियल समावेश छन् । प्रतियोगिता फेब्रुअरी १९ देखि २८ सम्म हुनेछ ।
भारत जाने नेपाली टिम :
गोलकिपरः सोजित गुरुङ, विष्णुकुमार केसी, सुर्य अधिकारी
डिफेन्डर : छिरिङ गुरुङ (कप्तान), रन्दीप पौडेल, गौतम श्रेष्ठ, विश्वास उदास, असिम भुसाल, राजन गुरुङ
मिडफिल्डर : अनिल महर्जन, आकृन विष्ट, अनिष थापा, मिक्छेन तामाङ, नितिन थापा, अभिषेक रिजाल, शिशिर लेखी
फरवार्ड : रेजिन सुब्बा, राजिव लोप्चन, धिरज श्रेष्ठ, प्रिजन तामाङ
वैकल्पिक खेलाडीमा गोलकिपरमा अभिषेक बराल, डिफेन्समा सतिस श्रेष्ठ, मिडफिल्डमा अरुज सिंह र फरवार्डमा रितिक खड्का रहेका छन् ।
टिमको प्रशिक्षकमा चेतनारायण श्रेष्ठ र सहायक प्रशिक्षकमा सल्याणी खड्गी रहेका छन् । गोलकिपर प्रशिक्षकमा छानुराम चौधरी र फिजियोमा र्कीतन श्रेष्ठ छन् ।