काठमाडौं । तिलोत्तमा गोल्डकप फुुटबलको २१ औ संस्करणमा सिएमजी संकटा र भ्याली च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुदैछ । बुटवलको एन्फा एकेडेमीमा हुने तेस्रो प्रि क्वार्टरफाइनल खेल दिउँसो साँढे २ बजे सुरु हुनेछ ।
शीर्ष डिभिजनको लिगमा उत्कृष्ट नतिजा निकाल्दै उपविजेता बनेको संकटाले मोफसलका सोही अनुरुपको छाप छाड्न सकेको छैन । पहिलो पटक शीर्ष डिभिजनको अभ्यास गरेको च्यासल मोफसल यात्रालाई उपलब्धी मुलक बनाउने योजनामा छ ।
दुबै ए डिभिजन टोली जित निकाल्दै क्वार्टरफाइनल पुग्न चाहन्छन् । ए डिभिजन क्लब मोफसलमा भने सोचे अनुसार प्रदर्शन गर्न सकेका छैनन् । आजको विजेताले ९ गते लिग विजेता मनाङ मस्र्याङ्दीसँग खेल्नेछ ।
यसअघि भएका खेलमा झापा र आयोजक रुपन्देही क्वार्टरफाइनल प्रबेश गरिसकेका छन् ।
प्रतियोगिताको विजेताले ८ लाख ८० हजार पाउनेछ । यस्तै उपविजेता टिमले ५ लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिईने आयोजकले जनाएको छ ।