एजेन्सी । वेस्ट ईन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले एकदिवसीय विश्वकप पछाडी सन्यास लिने बताएका छन् । बाँया हाते ३९ बर्षिया ब्याट्सम्यानले एक दिवसीय खेलमा ९ हजार ७ सय २७ रन बनाएका छन् । सन् १९९९ मा डेब्यु गरेका उनले २ सय ८४ खेलमा सो रन बनाएका हुन् ।
एकदिवसीय विश्वकप ईङ्ल्याण्ड र वेल्समा मे ३० देखि जुन १४ सम्म हुुदैछ ।
आगामी बुधबारबाट सुरु हुने ईङल्याण्डविरुद्वको पाँच म्याचको एकदिवसीय सिरिजमा समेत गेललाई राखिएको छ ।
'पक्कैपनि, युवाहरुले म प्रति ठुलो गुण लगाएका छन् ।' सन्यासको बिषयलाई लिएर सोधिएको प्रश्नमा गेलले भने ।
'उनीहरुले मेरा लागि गर्न आवह्यक छ । मलाई उपाधि दिलाउनका लागि कोशिश गर्न आवश्यक छ । त्यसमा म मेरो क्षमता समेत हाल्नेछु ।' उनले भने, 'यो मेरा लागि ठुलो बर्ष हो । यो बर्षसंगै अर्थपुर्ण तरिकाले समापन हुनेछ ।'
गेलले एकदिवसीयमा २३ शतक प्रहार गरेका छन् । सन् २०१५ मा जिम्बाबेविरुद्व २ सय १५ रन बनाएका थिए । जो क्रिकेट ईतिहासको चौथो ठुलो स्कोर हो । उनी दोहोरो शतक बनाउने छैटौ ब्याट्सम्यान हुन् ।
पार्टटाईम अफ स्पिनर उनले १ सय ६५ विकेट लिएका छन् ।
वेस्ट ईन्डिजको सदस्यको रुपमा उनले सन् २००४ मा ईङल्याण्डमा च्याम्पियन्स ट्रफी जितेका छन् ।