काठमाडौं । भुटानमा जारी जिग्मे दोर्जी बाङचुक स्मृति गोल्डकप फुटबल प्रतियोगितामा नेपालका गोलकिपर अर्पण कार्की म्यान अफ दि म्याच चुनिएका छन् ।
पारो एफसीबाट बाङचुक स्मृति गोल्डकप खेलिरहेका अर्पण प्रान जाइतोन क्लबविरुद्ध आइतबार भएको क्वाटरफाइनल खेलमा म्यान अफ दि म्याच चुनिएका हुन् ।
अर्पणले उत्कृष्ट प्रदर्शन गरेपछि पारो एफसीले प्रानलाई २–१ गोलले पराजित गरेको थियो ।
पारोको जितमा जीअन नजेयीमनले दुई गोल गरे । प्रानको लागि स्वाङ लामाले सान्त्वना गोल फर्काए ।
अब पारोले सेमिफाइनलमा नेपालको त्रिभुवन आर्मीसँग मंगलबार खेल्नेछ ।