धनगढी । रुपन्देही च्यालेन्जर्सका बलर अनिल खरेललाई धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटले कारबाही गरेको छ ।
फाप्ला क्रिकेट मैदानमा आइतबार भएको खेलमा आईसीसीको नियम उलंघन गरेको कारण डीपीएलले खरेललाई कारबाही गरेको जनाएको छ ।
डीपीएलले म्याच रेफ्री मोहमद साफीकले उपलब्ध गराएको रिपोर्टको आधारमा उनलाई कारबाही गरेको हो । बाँया हाते स्पिनर अनिलले काठमाडौं गोल्डेन्सविरुद्धको खेलमा विकेट लिएपछि आईसीसीको नियम विपरित ब्याट्सम्यानलाई गिज्याउँदै उग्र खुसियाली मनाएका थिए ।
कारबाही स्वरुप डीपीएलले खेललाई म्याच फिको ५० प्रतिशत रकम जरिवाना र २ अंक घटाईएको जनाएको छ ।
खेलमा काठमाडौंसंग रुपन्देही १०० रनले पराजित भएको थियो ।